वीरगंज–पथलैया सडकखण्डबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असोज ९ –

बाराको जितपुरसिमरा–५ बकुलियाबाट ८० ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ सोलखपुरका २८ वर्षीय हुस्नेन अन्सारी र वीरगंज महानगरपालिका–१४ चिनीमिल पिपराका १८ वर्षीय राजनकुमार पासवान रहेका छन्।

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट खैरो हेरोइनसहित तीन थान मोबाइल, प्र.२–०३००९ प ३७५६ नम्बरको हिरो सुपर स्प्लेन्डर मोटरसाइकल, नगद १ हजार १ सय १० रुपैयाँ र एटीएम कार्ड बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

सम्बन्धित पोस्टहरुः