पर्साका चार गाउँपालिकामा कांग्रेसको अधिवेशन सम्पन्न

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असोज १० –

  नेपाली कांग्रेसको पालिका अधिवेशनअन्तर्गत पर्साका चार गाउँपालिकामा शुक्रबार अधिवेशन सम्पन्न भएको छ।

जिराभवानी, ठोरी, जगरनाथपुर र धोबिनी गाउँपालिकामा सम्पन्न अधिवेशनबाट क्रमशः सरोज चौरसिया, मिलन श्रेष्ठ, बिहारी महतो नुनिया र राजकिशोर पटेल पालिका सभापतिमा सर्वसम्मत चयन भएका छन्।

ठोरी गाउँपालिका–३ ब्रह्मनगरमा सम्पन्न अधिवेशनले ठोरी–४ का मिलन श्रेष्ठलाई सभापतिमा निर्विरोध चयन गरेको निर्वाचन अधिकृत गणेश प्रसाद सापकोटाले जानकारी दिए।

त्यस्तै, उपसभापतिमा ठोरी–५ का शिव बस्नेत र महिला उपसभापतिमा ठोरी–२ की लेखमाया भण्डारी घिमिरे चयन भएका छन्। सचिवमा प्रकाश तिमल्सिना, सहसचिवमा सञ्जय सुवेदी र कोषाध्यक्षमा गोमादेवी श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।

अधिवेशनबाट मुना सापकोटा, समिता विश्वकर्मा, सङ्गीता लोहनी, परशुराम नेपाल, डोरप्रसाद अधिकारी, पेमा तामाङ, अक्कलबहादुर गोले र रणबहादुर खड्कालगायत २० सदस्यीय कार्यसमिति समेत निर्विरोध चयन भएको निर्वाचन अधिकृत सापकोटाले बताए।

सम्बन्धित पोस्टहरुः