महिला कबड्डीमा नेपाललाई कास्य पदक

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज १० –

२०औँ एसियन गेम्स २०२६ अन्तर्गत महिला कबड्डीमा नेपालले कास्य पदक जितेको छ।

शुक्रबार भएको सेमिफाइनलमा भारतसँग ४८–२४ ले पराजित भएपछि नेपाल कास्य पदकमा सीमित भएको हो। पहिलो हाफमा नेपाल ३१–१७ ले पछि परेको थियो भने दोस्रो हाफमा भारतले १७–७ को अग्रता बनाएको थियो।

सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले कास्य पदक पक्का गरेको थियो। नेपाललाई हराउँदै भारत फाइनलमा पुगेको छ।

एसियन गेम्समा नेपाली महिला कबड्डी टोलीले दोस्रो पटक कास्य पदक जितेको हो। यसअघि १९औँ एसियन गेम्समा पनि नेपालले कास्य पदक जितेको थियो। यस्तै, चीनमा भएको छैटौँ बिच एसियन गेम्समा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक हात पारेको थियो।

सम्बन्धित पोस्टहरुः