नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकलाई दिएको समयसीमा स्थगित

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असोज १० –

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्नातकोत्तर (पिजी) प्रथम वर्षमा अध्ययनरत केही आवासीय चिकित्सकलाई कलेज परिसर तथा छात्रावास खाली गर्न दिएको १२ घण्टे समयसीमा हाललाई स्थगित गरेको छ ।

कलेज प्रशासनले जिल्ला प्रशासन कार्यालय, पर्साले जारी गरेको प्रतिकूल मौसम, भारी वर्षा तथा बाढीको जोखिमसम्बन्धी सतर्कता सूचनालाई ध्यानमा राख्दै आवासीय चिकित्सकहरूको सुरक्षाका लागि निर्णय स्थगित गरिएको जनाएको छ ।

कलेजले जारी गरेको सूचनामा मौसमको अवस्था सामान्य भएपछि कलेज परिसर तथा छात्रावास खाली गर्न नयाँ समयसीमा तोकिने उल्लेख गरिएको छ ।

सम्बन्धित पोस्टहरुः