परवानीपुर–२ रामपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज १० –

परवानीपुर गाउँपालिका–२ स्थित रामपुर स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले रिबन काटेर बर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, वडा नं. २ का अध्यक्ष महमदनुरुल होदा अंसारी, स्वास्थ्य शाखा प्रमुख जयकृष्ण मिश्र, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पालिका तथा वडा कर्मचारी र सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

बर्थिङ सेन्टरबाट निःशुल्क सुत्केरी सेवा, सुत्केरी आमालाई १ हजार रुपैयाँ यातायात खर्च तथा प्रोटोकलअनुसार स्वास्थ्य संस्थामा चारपटक गर्भ जाँच गराई सोही सेन्टरमा सुत्केरी भएमा थप ८ सय रुपैयाँ उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी सुत्केरी आमालाई ल्याउन–लैजान निःशुल्क एम्बुलेन्स सेवा तथा बर्थिङ सेन्टरमै सुत्केरी हुने प्रत्येक आमालाई आमा र नवजात शिशुको कपडासहितको एक थान न्यानो झोला निःशुल्क वितरण गरिने व्यवस्था गरिएको छ ।

सम्बन्धित पोस्टहरुः