स्वास्थ्य कार्यक्रममा परवानीपुर गाउँपालिका बारामा पहिलो

1200x150_1200x150-01.jpg (1)

कलैया, असोज १४ –

आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रम तथा विभिन्न स्वास्थ्य सूचकको मूल्यांकनमा परवानीपुर गाउँपालिका बारा जिल्लाका १६ स्थानीय तहमध्ये पहिलो भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाराले कलैयामा आयोजना गरेको जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीमा सार्वजनिक नतिजाअनुसार परवानीपुरले ७४.३२ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

यस्तै, ७३.१४ अंकसहित महागढीमाई नगरपालिका दोस्रो र ७३.१२ अंकसहित करैयामाई गाउँपालिका तेस्रो भएका छन्।

स्वास्थ्य कार्यक्रमको कार्यान्वयन, सेवा प्रवाह, स्वास्थ्य संस्थाको कार्यसम्पादन, सेवाको पहुँच तथा गुणस्तरलगायत विभिन्न सूचकका आधारमा मूल्यांकन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख चेतराज पण्डितले जानकारी दिनुभयो।

सम्बन्धित पोस्टहरुः