वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रभु हस्पिटल वीरगंजले बुधवार स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
जिल्ला प्रहरीमा कार्यरत सम्पूर्ण महिला एवं थुनुवाहरूको निश्शुल्क स्वास्थ परिक्षण एवं महिला स्वास्थ्यबारे अन्तरक्रिया तथा परामर्श प्रदान गरिएको छ।
प्रभु हस्पिटलकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ताले सहभागी करीब चालीस महिला प्रहरी र एकजना थुनुवाको परिक्षण गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले महिलालाई स्वास्थ्यबारे सजग हुनु पर्ने भनेर यस कार्यक्रमको आयोजना गरेको बताए ।
महिलाको पाठेघर एवं सर्भाइकल क्यान्सरबारे र अन्य महिलाका स्वास्थ समस्याको चेकजाँच तथा औषधि वितरण तथा उपचारबारे सुझाव दिइएको थियो ।
कार्यक्रम संयोजक दिलिपराज कार्की, प्रहरी नायब उपरीक्षकद्वय चक्रबहादुर मल्ल, राजु कार्की, प्रभु हस्पिटलकी नर्सिङ निर्देशक सरिता सिंह, प्राविधिक सन्जित साह, फर्मासिस्ट मिखा श्रेष्ठ, प्रहरी निरीक्षक सोनी निम्हाफुकी लगायतको सहभागिता थियो ।






