स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी गाउँपालिका प्रथम

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असोज १४

आर्थिक वर्ष २०८२/८३ को स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा पर्साको सखुवा प्रसौनी गाउँपालिका जिल्लाकै प्रथम भएको छ।

स्वास्थ्य कार्यक्रमको मूल्यांकनमा सखुवा प्रसौनी पहिलो, ठोरी गाउँपालिका दोस्रो र जगरनाथपुर गाउँपालिका तेस्रो भएका छन्।

जिल्लामा पहिलो स्थान हासिल गरेकोमा गाउँपालिकाले सम्पूर्ण स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, गाउँपालिका अध्यक्षसहित कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख तथा कार्यक्रम सञ्चालनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा कार्यरत सबैको सहकार्य, योगदान र मेहनतका कारण उपलब्धि हासिल भएको जनाएको छ।

सम्बन्धित पोस्टहरुः