‘नयाँ भन्नेले जे गरे पनि राम्रो भन्ने भ्रम परेको छ’ : प्रचण्ड

1200x150_1200x150-01.jpg (1)

वीरगंज  , असोज १५ –

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय ‘नयाँ’ भनिएका व्यक्तिले गरेका हरेक कामलाई राम्रो मान्ने प्रवृत्ति देखिएको टिप्पणी गरेका छन्।

पार्टीको पर्सा जिल्ला समितिको शपथग्रहण कार्यक्रममा बोल्दै प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिँदा समेत समर्थन र ताली पाएको भन्दै आश्चर्य व्यक्त गरे।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति दुई तिहाइ सांसदहरूले समेत ताली बजाएर समर्थन गरेको भन्दै कटाक्ष गरे। “अहिले त्यो तथाकथित नयाँ भन्नेले जे गरे नि राम्रो भन्ने भएको छ,” उनले भने।

प्रचण्डले कर बढाउँदा पनि ताली र कर वृद्धि फिर्ता लिँदा पनि ताली बजाउने प्रवृत्तिमाथि प्रश्न उठाउँदै “के हो यो?” भन्दै टिप्पणी गरे।

आफू प्रधानमन्त्री हुँदा वीरगन्ज–नारायणघाट सडक विस्तारका क्रममा घर भत्काउने विषय आएपछि त्यसलाई रोकेको दाबी गर्दै उनले अहिले त्यस्ता विषयमा जनस्तरबाट विरोध नदेखिएको पनि बताए।

“यदि हामी कम्युनिस्टहरूको सरकार हुन्थ्यो, त्यहाँ एउटा घर भत्केको हुन्थ्यो भने तपाईंहरूले टायर बालेर जिन्दावाद र मुर्दावाद भन्दै हिँड्नुहुन्थ्यो,” उनले भने, “अहिले त बडो हाइसन्चो, जतिसुकै भत्कियोस्।”

भर्खरै

सम्बन्धित पोस्टहरुः