टिपर पल्टिँदा बालुवाले पुरिएर क्रसर सञ्चालकको मृत्यु

1200x150_1200x150-01.jpg (1)

धनुषा – मिथिला नगरपालिका–३ स्थित क्रसर उद्योगमा टिपर पल्टिँदा एक जना सञ्चालकको पुरिएर ज्यान गएको छ।

लालभित्तिमा सञ्चालित औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक रामसागर महतोका ३६ वर्षीय छोरा हरि महतोको दुर्घटनामा परेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार बिहान करिब ७:२० बजे उद्योग परिसरमा बालुवा–गिट्टी झार्दै गर्दा प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपर अचानक पल्टिएको थियो।

दुर्घटनालगत्तै उद्योगभित्र रहेको जेसीबीको मद्दतले महतोलाई उद्धार गरी उपचारका लागि रमदैयास्थित जानकी मेडिकल कलेज पुर्‍याइएको थियो। प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार गम्भीर घाइते महतोको उपचारका क्रममा बिहान १०:२० बजे निधन भएको हो।

उक्त दुर्घटनामा परी टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६, गोदारका करिब ३० वर्षीय हरिबहादुर विश्वकर्मा घाइते भएका छन्। खुट्टामा चोट लागेका चालकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी टोलीले थप अनुसन्धान अघि बढाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः