नवलपुर (नवलपरासी), १७ असोजः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) दाउन्नेमा आज बिहान भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको हो ।
बसमा चालक सहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएका छन् भने २ जना सकुशल रहेका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोट, भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री छन् भने अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी छ ।
घाइतेहरुः
१.गोरखा, गोरखा–९ का ३० वर्षीय हरिशरण थापा
२.अछाम, मंगलसेन–६ का २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी
३. बर्दिया, ठाकुरबाबा–१ कि २० वर्षीया आकृति
४. बाजुरा, स्वामी कार्तिक–५ का ३२ वर्षीय पवन बुढा
५. बर्दिया, राजापुर–९ का २८ वर्षीय सञ्जय थारु
६. बाजुरा स्वामीकार्तिक–१ का २५ वर्षीय प्रेम बम
७. ललितपुर, कुञ्जयोसोम–५ का २९ वर्षीय अनोज खत्री
८. बर्दिया, बाँसगढी–७ का ३६ वर्षीय लालबहादुर कार्की
९. बाँके, नेपालगञ्ज–१६ का ४८ वर्षीय अस्लाम भगवान
१०. सल्यान, वनगढ कुपिण्डे–१ का २१ वर्षीय अनिल बुढाथोकी
घाइतेहरूको उद्दारपछि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचार भइरहेको छ ।







