मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेससहित नेपाली नागरिक पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १८ असोज –

वीरगंज–रक्सौल जोड्ने मितेरी पुलबाट ११ किलोभन्दा बढी चरेससहित एक नेपाली नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–छपकैया निवासी ३९ वर्षीय अमर चौधरी रहेका छन्। भारतीय प्रहरी र सशस्त्र सीमा बल (एसएसबी)को संयुक्त टोलीले शनिबार साँझ वीरगंजबाट रक्सौलतर्फ जाँदै गरेको शंकास्पद ई–रिक्सा जाँच गर्दा चरेस बरामद गरेको हो।

भारतीय सुरक्षा निकायका अनुसार ई–रिक्सामा रहेको बोराभित्र २२ वटा कालो प्लास्टिकका प्याकेटमा लुकाएर राखिएको ११ किलो २४६ ग्राम चरेस बरामद भएको थियो।

एसएसबीका अनुसार पक्राउ परेका चौधरीलाई बरामद चरेस र ई–रिक्सासहित आवश्यक कानुनी कारबाहीका लागि रक्सौलस्थित हरैया थानाको जिम्मा लगाइएको छ। प्रारम्भिक विवरणअनुसार उक्त चरेस मकवानपुरबाट बारा र पर्सा हुँदै भारततर्फ लैजान खोजिएको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः