नेकाको १५औं महाधिवेशनमा पर्साबाट ६ जनाले उम्मेदवारी दर्ता गर्ने घोषणा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १९ असोज ।  नेपाली कांग्रेसको १५औं महाधिवेशनमा पर्सा जिल्लाबाट ६ जनाले उम्मेदवारी दर्ता गर्ने घोषणा गरेका छन् ।

नेकाको सहमहामन्त्रीमा आदिवासी कलष्टरबाट सुरेन्द्र चौधरी, मधेशी कलष्टरबाट अजय चौरसिया र केन्द्रीय सदस्यमा रामरुप कुर्मी, मुस्लिम कोटाबाट सहरुम राउत गद्दी, मधेसी काटाबाट दीपेन्द्र चौहान र असर्फी साह गरी ६ जनाले उम्मेदवारी दर्ता गराउने घोषणा गरेको समाचारमा उल्लेख छ ।

हिजोदेखि नेपाली कांग्रेसको १५औं महाधिवेशन काठमाडौंको खुलामञ्चमा विधिवत रूपमा शुरू भएको छ। पार्टी सभापति गगन थापाले महाधिवेशनको औपचारिक उदघाटन गरेका हुन।

उदघाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू सहभागी छन।

महाधिवेशनमा सभापति थापाले आगामी ५ वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

सम्बन्धित पोस्टहरुः