ग्यास र पेट्रोलियमको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिर : मन्त्री साह

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज १९ –

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको विषय रहेको बताएका छन्।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री साहले युक्रेन–रुस तथा मध्यपूर्वको द्वन्द्वका कारण नेपालको पेट्रोलियम आपूर्ति प्रणाली प्रभावित भएको बताए।

उनले बाह्य निर्भरता घटाउन नेपालले ऊर्जा र कृषिमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिँदै परम्परागत इन्धनको विकल्प खोज्नुपर्ने बताए। साथै पहाडी क्षेत्रमा उत्पादन हुने रैथाने बालीको प्रवर्द्धन गर्नुपर्ने र स्वदेशी उत्पादन तथा ऊर्जाको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

सम्बन्धित पोस्टहरुः