बिरामी लिएर जाँदै गरेको एम्बुलेन्स माडी खोलाले बगायो

1200x150_1200x150-01.jpg (1)

पर्सा – ठोरी गाउँपालिका–४ बाट बिरामी लिएर चितवनतर्फ जाँदै गरेको एम्बुलेन्स बाढीको खोलामा बगेको छ।

बुधबार बिहान चितवनको माडी क्षेत्रमा भएको भारी वर्षापछि आएको बाढीले एम्बुलेन्सलाई बगाएको ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले जानकारी दिइन्।

उनका अनुसार घटना माडीस्थित बगही खोलाको पुलबाट पूर्वतर्फ रहेको सानो खोलामा भएको हो। वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि एम्बुलेन्स बगेको बताइएको छ।

एम्बुलेन्समा चालकसहित तीन जना सवार रहेको र उनीहरू सबै सकुशल रहेको उपाध्यक्ष रेग्मीले बताइन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

सम्बन्धित पोस्टहरुः