बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज २२ –

बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवाको डोना पाउलास्थित आफ्नै निवासमा हृदयघात भएपछि उनलाई अस्पताल लगिएको थियो। चिकित्सकले ४५ मिनेटसम्म सीपीआर दिए पनि बचाउन नसकेको जनाइएको छ। उनलाई बिहान ५ः२० बजे मृत घोषणा गरिएको थियो।

नाना पाटेकर हिन्दी तथा मराठी चलचित्रमा प्रभावशाली अभिनयका लागि परिचित थिए। उनले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘खामोशी’, ‘अग्निसाक्षी’, ‘यशवंत’, ‘अब तक छप्पन’, ‘वेलकम’, ‘राजनीति’ तथा मराठी चलचित्र ‘नटसम्राट’ लगायतमा अभिनय गरेका थिए।

उनको निधनको खबरसँगै भारतीय चलचित्र क्षेत्रमा शोक व्यक्त गरिएको छ। नाना पाटेकरको अभिनय यात्रा सन् १९७८ मा ‘गमन’ चलचित्रबाट सुरु भएको थियो। उनले हिन्दी र मराठी दुवै चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका थिए।

हाल उपलब्ध रिपोर्टअनुसार उनको निधनको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टम गरिने बताइएको छ। उनका छोरा मल्हार पाटेकर गोवा पुगेका छन्।

 

भर्खरै

सम्बन्धित पोस्टहरुः