छैठौं जीतपुरसिमरा अन्तर्राष्ट्रिय महिला फुटबल: एपीएफले नेपाल पुलिसलाई २–१ गोलबाट पराजित गर्दैै फाइनलमा

1200x150_1200x150-01.jpg (1)

बारा। असोज १७ गतेदेखि शुरू भएको बाराको जीतपुरसिमरा उपमहानगरपालिका –१, सिमरास्थित सिमरा रंगशालामा ‘नारीको आत्म सम्मानसँगै राष्ट्र र स्वास्थ्यको लागि खेलकुद गरौँ र खेलौं’ भन्ने नारासहित ‘छैठौं जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता २०८३’ मा  दोस्रो सेमिफाइनलमा नेपाल एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ।

नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एपीएफ क्लब प्रतियोगिताको फाइनलमा पुगेको छ। नेपाल एपीएफ क्लबले शुरूदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको हो।

सिमरा भेट्रान क्लबको आयोजनामा महिला फुटबलको विकास तथा प्रवद्र्धनसँगै महिला खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ। खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्यसमेत प्रतियोगिताले लिएको आयोजकको भनाइ छ।  उक्त प्रतियोगिता असोज २४ गतेसम्म सञ्चालन हुने छ, भने प्रतियोगिताका फाइनल खेल फ्लडलाइटमा शनिवार साँझ ५ः३०० बजेदेखि हुने छ। प्रतियोगितामा नेपालका विभागीय तथा क्लब टोलीसँगै भारतका टोली गरी ८ वटा टोलीको सहभागीता रहेका छन्। प्रतियोगितामा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, स्टार स्पोर्ट युवा क्लब माडी (चितवन), फेयर फुटबल क्लब (धरान), कुर्साङ गोल्स फुटबल क्लब (दार्जिलिङ,भारत), झारखण्ड स्टेट स्पोट्र्स प्रमोशन सोसाइटी (झारखण्ड, भारत) र आयोजक सिमरा भेट्रान क्लब रहेका छन्। प्रतियोगिताको विजेताले ५ लाख ११ हजार १ सय ११ रुपियाँ तथा उप–विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपियाँँ पुरस्कार प्राप्त गर्ने छन्।

त्यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख रुपियाँँ पुरस्कार प्रदान गरिने छ, भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपियाँँ, इमर्जिङ प्लेयरलाई ५ हजार रुपियाँँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार रुपियाँँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको फाइनलको २ सय रुपियाँँ टिकट निर्धारण गरिएको छ। आयोजकले टिकटबाट संकलित रकमको १० प्रतिशत रकम भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितको पुर्नःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

सम्बन्धित पोस्टहरुः