रिक्त सांसद पदमा एमालेले नजमा खातुनलाई पठाउने

1200x150_1200x150-01.jpg (1)
काठमाडौं २२ असोज । नेकपा (एमाले) ले मधेश प्रदेशसभाको रिक्त समानुपातिक सांसद पदमा नजमा खातुनलाई चयन गर्ने निर्णय गरेको छ।
बिहीवार च्यासलस्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकले बन्दसूचीको ४० औं नम्बरमा रहेकी खातुनलाई रिक्त पदमा पठाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
यसअघि समानुपातिक सांसद जैनब खातुनको निधन भएपछि मधेश प्रदेशसभामा एमालेको उक्त पद खाली रहेको थियो।
सम्बन्धित पोस्टहरुः