एआईजी वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णयबारे गृहको स्पष्टीकरण

1200x150_1200x150-01.jpg (1)

पर्सा , असोज २४ – 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णयबारे गृहमन्त्रीको सचिवालयले चारबुँदे स्पष्टीकरण सार्वजनिक गरेको छ।

सचिवालयका अनुसार आचरण उल्लङ्घन, अनुशासनहीनता तथा नेपाल सरकार र सङ्गठनको मानप्रतिष्ठामा आँच पुर्‍याएको आरोपमा दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी विभागीय कारबाहीमार्फत सेवाबाट हटाइएको हो।

स्पष्टीकरणमा सशस्त्र प्रहरी ऐन तथा नियमावलीले दिएको अधिकार प्रयोग गरी उच्च तहका प्रहरी कर्मचारीमाथि कारबाही गरिएको उल्लेख छ। साथै, गृह मन्त्रालयअन्तर्गतका कर्मचारीको पदीय आचरण, गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा असर पार्ने गतिविधिमाथि निगरानी भइरहेको सचिवालयले जनाएको छ।

कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने र विधिको शासन कायम राख्न गृह मन्त्रालय प्रतिबद्ध रहेको पनि स्पष्टीकरणमा उल्लेख छ।

सम्बन्धित पोस्टहरुः