बारा, २४ असोज –
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१४, बेहरीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ।
मिति २०८३ साल असोज २४ गते दिउँसो अन्दाजी १:५० बजेको समयमा आफ्नै घर पछाडि सरसफाई गर्ने क्रममा अचानक नाङ्गो तारमा छुन गई करेन्ट लाग्दा ४५ वर्षीया सिरिया देवी महतो गम्भीर घाइते भएकी थिइन्।
घटना पश्चात् उपचारका लागि उनका श्रीमान् रामचन्द्र महतोले उनलाई सिमरा सिटी स्टार अस्पताल पुर्याएका थिए। अस्पतालमा पुर्याउनासाथ डाक्टरले ईसीजी (ECG) जाँच गर्दा दिउँसो २:०० बजे उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।
घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमरा, बाराबाट प्रहरी निरीक्षक विनोदराज खत्रीको कमाण्डमा SOCO सहितको अनुसन्धान टोली घटनास्थल तथा अस्पतालमा खटि गई थप अनुसन्धान भइरहेको छ। मृतकको शव हाल सिमरा सिटी स्टार अस्पतालमै राखिएको छ।






