मधुवनीमा नाला निर्माणका क्रममा सडक अवरुद्ध

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज – पर्साको पकाहामैनपुर गाउँपालिका–२ मधुवनीमा पूर्वाधार विकास कार्यालयको बजेटबाट निर्माण भइरहेको नाला निर्माणका क्रममा सडक अवरुद्ध भएपछि स्थानीयवासीलाई आवतजावतमा कठिनाइ भएको छ। सडकमा थुपारिएका माटो, ग्रेभल, गिट्टी, बालुवा तथा निर्माणमा प्रयोग भइरहेको मेसिन हटाई सर्वसाधारणको आवागमन सहज बनाउन स्थानीयवासीले माग गरेका छन्।

नाला निर्माणका क्रममा सडकमा निर्माण सामग्री थुपारिएको र मेसिनसमेत राखिएका कारण सर्वसाधारणलाई आवतजावत गर्न समस्या भएको स्थानीयको गुनासो छ। सडक अवरुद्ध हुँदा दैनिक आवतजावत गर्ने स्थानीय बासिन्दा तथा अन्य सर्वसाधारण प्रभावित भएको उनीहरूको भनाइ छ।

स्थानीय चन्द्रिका प्रसाद पटेलका अनुसार सडकमा थुपारिएका निर्माण सामग्री तथा मेसिन हटाएर आवागमन सहज बनाउन र निर्माण कार्यमा लापरबाही भएको भए सम्बन्धित पक्षलाई कारबाही गर्न माग गरिएको छ।

यस विषयमा स्थानीय चन्द्रिका प्रसाद पटेललगायत स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदनसमेत दिएका छन्। निवेदनमार्फत सडकमा थुपारिएका माटो, ग्रेभल, गिट्टी, बालुवा तथा मेसिन हटाई सर्वसाधारणको आवागमन सहज बनाउन र सम्बन्धित पक्षको कामकारबाहीबारे आवश्यक छानबिन गरी कारबाही गर्न माग गरिएको पटेलले जानकारी दिए।

सम्बन्धित पोस्टहरुः