वीरगंज , असोज २९ –
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको मधेशी खुला पुरुषतर्फको मतगणनामा अनिल रुंगटाले अग्रता कायम राखेका छन्।
मिडिया सेन्टरले उपलब्ध गराएको परिणामअनुसार तीन हजार ९०० मत गणना हुँदा रुंगटाले दुई हजार १५५ मत प्राप्त गरेका छन्।
रामकृष्ण यादव एक हजार ७३८ मतसहित दोस्रो र डा. गरिबदास ठाकुर एक हजार ७३६ मतसहित तेस्रो स्थानमा छन्। त्यसैगरी, दिनेश यादवले एक हजार ५७८, जितेन्द्र देवले एक हजार ५३६ र अशर्फी साहले एक हजार ५१४ मत पाएका छन्।
अशोककुमार शाहले एक हजार ३३९, उमेशचन्द्र यादवले एक हजार ३००, मिथलेश मिश्राले एक हजार १६९ र जंगिलाल रायले एक हजार ८४ मत प्राप्त गरेका छन्।
त्यस्तै, परमेश्वर साहले एक हजार ७०, श्रीप्रसाद राउतले ८१२ र लालबहादुर राउतले ७९६ मत पाएका छन्।
मधेशी खुला पुरुषतर्फबाट तीन जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।







