रास्वपाको दुष्प्रचारमा लागे कारबाही

1200x150_1200x150-01.jpg (1)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिएको छ।

आगामी स्थानीय तहको उम्मेदवार छनोटको रुपरेखा सार्वजनिक गर्दै गुटबन्दी, दुष्प्रचार र चरित्र हत्यालाई गम्भीर अनुशासनहीनता मानिने जनाएको छ।

रास्वपाले भनेको छ, ‘उम्मेदवारीको पक्षमा माहोल बनाउन पार्टीको आधिकारिक संयन्त्रबाहिर गुटगत भेला गर्ने, समानान्तर संरचना खडा गर्ने, दबाब समूह निर्माण गर्ने, पार्टीका आधिकारिक निर्णय प्रक्रियालाई अवरोध गर्ने खोज्ने, वा अन्य आकाङ्क्षी, पार्टी संरचना वा मूल्याङ्कन संयन्त्रविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा भ्रामक सूचना, मिथ्या आरोप, दुष्प्रचार वा चरित्र हत्या गर्ने कार्यलाई अनुशासनको गम्भीर उल्लङ्घन मानिनेछ।’

राजनीतिक प्रतिस्पर्धा स्वस्थ, मर्यादित र विचार–केन्द्रित हुनुर्ने व्यक्तिहत्यात्मक, गुटगत र विधिविरोधी अभ्यासलाई पार्टीभित्र कुनै स्थान नदिइने उल्लेख छ।

गुटबन्दीमा संलग्न आकाङ्क्षीको उम्मेदवारी प्रक्रिया तत्काल खारेज गरी अनुशासनको कारबाही अघि बढाइने उल्लेख छ।

सम्बन्धित पोस्टहरुः