ब्राउन सुगरसहित बसरुदिन मियाँ पक्राउ

1200x150_1200x150-01.jpg (1)

काठमाण्डाैं,२७असाेज: काठमाडौंमा प्रहरीले हवाई फायर गरेर ठूलाे परिमाणमा लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित वीरगन्जका एक जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौंको तार्केश्वर नगरपालिका–४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगन्ज महानगरपालिका–३१ का ४१ वर्षीय बसरुदिन मियाँलाई पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार भारतबाट वीरगन्ज नाका हुँदै काठमाडौं उपत्यकामा लागुऔषध आपूर्ति गर्ने गिरोहको पहिचान गरी निगरानी गर्ने क्रममा मंगलबार मियाँ शंकास्पद अवस्थामा फेला परेका थिए।

प्रहरीले उनलाई रोकेर जाँच गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको ब्यूरोले जनाएको छ। पक्राउ परेका मियाँको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोबाइल बरामद गरिएको छ।

ब्यूरोका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मियाँले पछिल्लो तीन महिनामा २०० ग्रामका दरले पाँचदेखि छ पटकसम्म काठमाडौं उपत्यकामा खैरो हेरोइन आपूर्ति गरिसकेको खुलेको छ।

सम्बन्धित पोस्टहरुः