दशैं–तिहारमा चिनी अभाव हुन नदिने खाद्य कम्पनीको तयारी

1200x150_1200x150-01.jpg (1)

पर्सा असोज ३० –

दशैं र तिहारलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२ हजार क्विन्टल चिनी रहेको र आवश्यक परे थप आयात गरिने जनाएको छ।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार सरकारले उपलब्ध गराउने २५ हजार क्विन्टलमध्ये १० हजार क्विन्टल चिनी प्राप्त भइसकेको छ। बाँकी १५ हजार क्विन्टल पनि मागअनुसार ल्याउने तयारी छ।

सरकारी चिनी काठमाडौं उपत्यकामा प्रतिकिलो १०९ रुपैयाँ र उपत्यकाबाहिर ११० रुपैयाँमा बिक्री भइरहेको छ। कम्पनीले खुद्रा पसल, डिलर, सहकारी तथा साझेदार संस्थामार्फत चिनी वितरण गर्दै आएको छ।

यसैबीच, कम्पनीले साउन २८ देखि ४४ जिल्लाका १९३ स्थानमा सहुलियत पसल सञ्चालन गरिरहेको छ। अन्य खाद्यवस्तुमा छुट उपलब्ध भए पनि चिनीमा दिइँदै आएको छुट भने हाललाई बन्द गरिएको मिश्रले जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरुः