कांग्रेसको मधेसी सहमहामन्त्रीमा पर्साका चौरसिया निर्वाचित

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असोज ३० –

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित गरेका हुन्।

चौरसियाको विजयसँगै पर्साले कांग्रेसको केन्द्रीय पदाधिकारी तहमा पहिलोपटक प्रतिनिधित्व पाएको जनाइएको छ। यसअघि जिल्लाका नेताहरू केन्द्रीय सदस्यलगायत विभिन्न जिम्मेवारीमा पुगे पनि पदाधिकारी तहमा पुग्न सकेका थिएनन्।

स्थापित नेता यादवसँगको प्रतिस्पर्धामा चौरसियाले हासिल गरेको जितलाई पर्साको कांग्रेस राजनीतिमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उनको निर्वाचित भएसँगै पार्टीको केन्द्रीय नेतृत्वमा जिल्लाको प्रतिनिधित्व थपिएको छ।

सम्बन्धित पोस्टहरुः