जनकपुरधाम , असोज ३० –
मधेश प्रदेश सरकार गठनका बेला भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेकपा एमालेले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
सहमति कार्यान्वयनमा सरकारले चासो नदेखाएको आरोप लगाउँदै एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो। यससँगै एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले पनि राजीनामा दिएका छन्।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समीर, खेलकुदमन्त्री लखनदास तत्मा, श्रममन्त्री शारदा थापा र शिक्षामन्त्री मनोजकुमार सिंह रहेका छन्।
एमालेको समर्थन फिर्तासँगै मधेस प्रदेश सरकारको राजनीतिक समीकरणमा परिवर्तन आएको छ।








