वीरगंज , असोज ३१ –
वीरगंज महानगरपालिका–१३ स्थित राधेमाई मन्दिरबाट फूलपातीका दिन निकालिएको डोली यात्रामा पूर्वमन्त्री प्रदीप यादव पनि सहभागी भएका छन्।
फूलपातीको अवसरमा धार्मिक परम्पराअनुसार निकालिएको डोली यात्रामा स्थानीय श्रद्धालुहरूको सहभागिता रहेको थियो। यात्राले दसैँको धार्मिक तथा सांस्कृतिक महत्त्व झल्काएको छ।
राधेमाई मन्दिरमा दसैँका अवसरमा विशेष पूजाआजा तथा धार्मिक गतिविधि हुने गरेका छन्।






