जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, तीन घाइते

1200x150_1200x150-01.jpg (1)

जनकपुरधाम , कार्तिक १ –

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ स्थित तेतरिया पुलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

शनिबार राति करिब १० बजे पौडेश्वरबाट तेतरियातर्फ आउँदै गरेको ज ११ प ३०५८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०२–००९ प ११५७ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

दुर्घटनामा जनकपुरधाम–१७ निवासी मोटरसाइकल चालक सुजित यादवको उपचारका क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताएका छन्।

दुर्घटनामा सोही मोटरसाइकलमा सवार २५ वर्षीय बलराम यादव घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। अर्को मोटरसाइकलका चालक कमला नगरपालिका–७ निवासी रामपुकार यादव र ३४ वर्षीय अखलेश यादव गम्भीर घाइते भएका छन्। उनीहरूको जनकपुर न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि उपचारमा ढिलाइ भएको भन्दै मृतकका आफन्तले प्रादेशिक अस्पतालमा तोडफोड गर्नुका साथै ढुङ्गा प्रहार गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा जनकपुरधाम–१७ निवासी २० वर्षीय गणेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः