टाइगर श्रफमाथि आक्रमण , घटनाबारे प्रहरीको अनुसन्धान जारी

1200x150_1200x150-01.jpg (1)

मुम्बई , कार्तिक २ –

बलिउड अभिनेता टाइगर श्रफलाई लक्षित गरी मुम्बईको जुहू क्षेत्रमा गोली प्रहार भएको खबर सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार घटनाका बेला श्रफ गाडीमा सवार थिए। घटनामा उनका चालकसहित दुई जना घाइते भएको बताइएको छ।

प्राप्त विवरणअनुसार फुटबल खेलेर घर फर्किने क्रममा श्रफको गाडी नजिक गोली प्रहार भएको थियो। दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना घटनापछि फरार भएका थिए। श्रफ भने सुरक्षित रहेको समाचारमा उल्लेख छ।

घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको छ। आक्रमणमा संलग्न व्यक्तिको पहिचान र घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।

यस घटनामा लरेन्स बिश्नोई समूहको संलग्नता रहेको दाबीसमेत सार्वजनिक भए पनि त्यसको आधिकारिक पुष्टि भएको छैन।

सम्बन्धित पोस्टहरुः