फ्री किकबाट जिराभवानी विजयी

1200x150_1200x150-01.jpg (1)

वीरगंज- प्रथम जिराभवानी भेट्रान्स गोल्ड कपको फाइनल खेल विवादित बनेको छ । जिराभवानी भेट्रान्स र वीरगंज सिटी भेट्रान्सबीच भएको फाइनल खेलमा खेल सुरु भएको करिब २3 मिनेटपछि दुवै टोलीका खेलाडीबीच झडपको स्थिति सिर्जना भएको थियो ।

झडपपछि वीरगंज सिटी भेट्रान्सका सबै खेलाडीले विरोध जनाउँदै आफ्नो जर्सी फुकालेर मैदान छाडेका थिए ।

त्यसपछि जिराभवानी भेट्रान्सले फ्री किक प्रहार गर्दै एक गोल गरेको थियो । उक्त गोलपछि जिराभवानी भेट्रान्सले खेल जितेको जनाइएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः