search

सेवा विस्तारसँगै डिजिटल हुँदै वीरगञ्ज हेल्थ केयर अस्पताल

पढ्न छुटाउनुभयो ?

वीरगंज, २२ साउन ।
वीरगञ्ज हेल्थ केयर अस्पतालले आफ्नो सेवा विस्तार गर्दै अस्पतालको क्षमता १०० शय्याबाट बढाएर ३०० शय्यामा पुर्‍याउने तयारी थालेको छ।
अस्पतालका अध्यक्ष अबुल हैश अंसारीका अनुसार, भौतिक पूर्वाधार निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ। विस्तारसँगै वीरगञ्ज र आसपासका नागरिकले थप सहज र गुणस्तरीय सेवा पाउने विश्वास व्यक्त गरिएको छ।
विगत पाँच वर्षदेखि अस्पतालले मुटुमा जाली राख्ने, स्थायी पेसमेकर राख्ने तथा घुँडा प्रत्यारोपण जस्ता विशिष्ट सेवा नियमित रूपमा दिँदै आइरहेको छ। यी सेवाले वीरगञ्जका साथै मधेस प्रदेशका नागरिकलाई राजधानी जानुपर्ने झन्झटबाट राहत मिलाएको छ।
अस्पतालले “तपाईंको स्वास्थ्य अब तपाईंको मोबाइल खल्तीमा” भन्ने नाराका साथ सेवा प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाएको छ।
८ वर्षदेखि सरकारी दररेटमै सेवा दिँदै आएको वीरगञ्ज हेल्थ केयर अहिले सम्पूर्ण सेवा डिजिटल माध्यमबाट उपलब्ध गराउने पहिलो स्थानीय स्वास्थ्य संस्था बनेको छ।

स्वास्थ्य मन्त्रालयले लागू गरेको ‘एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१’ अनुसार अस्पतालले कागजरहित सेवा सुरु गरेको हो। अब बिरामीले मोबाइल एप, वेब पोर्टल र टेलीमेडिसिनमार्फत परामर्शदेखि रिपोर्ट, फोलोअप र औषधिको जानकारी समेत मोबाइलमै प्राप्त गर्न सक्नेछन्।

अस्पताल प्रशासनका अनुसार, डिजिटल सेवा प्रवाहबाट बिरामीको समय, श्रम र खर्चमा उल्लेखनीय बचत हुनेछ। साथै, अस्पतालले ५–१० प्रतिशतसम्म छुट पनि दररेटमा प्रदान गर्ने बताइएको छ।

स्थानीय समुदायका लागि गुणस्तरीय, प्रविधिमैत्री र सुलभ सेवा दिन प्रतिबद्ध रहेको वीरगञ्ज हेल्थ केयर अस्पतालको यो कदम स्वास्थ्य सेवा प्रणालीको आधुनिकीकरण तर्फको उल्लेखनीय पहलका रूपमा हेरिएको छ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads