भदौ १४ गते वीरगंजमा बृहत महिला सम्मेलनको तयारी

वीरगंज, २३ साउन । भदौ १४ गते वीरगंजमा बृहत महिला सम्मेलन वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा हुने भएको छ ।

बारा, पर्साका झन्डै दुई दर्जन महिलाहरुलाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गर्ने कार्यक्रम रहेको छ ।

यसै विषयमा वीरगंज उद्योग वाणिज्य संघमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

महिला उद्यमशीलता विकास समितिको संयोजक लक्ष्मी थापाले समाजमा लुकेका प्रतिभावान महिलाहरुलाई छनोट गरी सम्मान गर्ने कार्यक्रम रहेको जानकारी गराउनुभयो ।

बारा, पर्साका उद्यमशीलता, स्टार्टस, पसल, व्यवसाय, सामाजिक कार्य, शिक्षण लगायत क्षेत्रमा अतुलनीय योगदान गरेका महिलाहरुलाई छनोट गरी प्रतिभाको कदर गर्नको लागि कार्यक्रम आयोजना भइरहेको वीउवासंघका अध्यक्ष्F हरि गौतमले जानकारी गराउनुभयो । उनले यसका लागि अनलाइन फार्म तथा वीउवासंघमा सम्पर्क राखेर अफलाइन फर्म भर्न सकिने बताए ।

कार्यक्रमको सहसंयोजकमा वीउवासंघका सचिव नीरज अग्रवाल र सहसचिव अनुप अग्रवाल रहेका छन् । त्यस्तै गणेश लाठको संयोजकत्वमा सम्मान पाउने व्यक्तिहरुको निक्र्योल गर्न समिति गठन गरिएको छ । परेको आवेदनमध्येबाट महिलाहरुलाई सम्मान गरिने भएको छ ।

सम्बन्धित पोस्टहरुः