search

spot_img
spot_img

सुबोध स्मृति पत्रकारिता पुरस्कार’बाट क्रान्ति साह पुरस्कृत

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ भदौ । स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समूहले स्थापना गरेको ५१ हजार राशिको पुरस्कार मधेस खबरका अध्यक्ष तथा अन्नपूर्ण पोस्टका पर्सा संवाददाता क्रान्ति साहलाई प्रदान गरिएको हो ।
आइतवार आयोजित प्रतीक दैनिक पत्रिकाको ३९ औँ वार्षिकोत्सव समारोहमा वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पत्रकार साहलाई प्रमाणपत्रसहित उक्त पुरस्कार प्रदान गरे । प्रतीक प्रकाशन समूहले स्थापना दिवसका अवसरमा हरेक वर्ष एक जना सक्रिय पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । गत साउन १७ गते बसेको बसेको प्रतीक प्रकाशन समूहको बैठकले यस वर्षको स्व. सुबोध स्मृति पत्रकारिता पुरस्कार शाहलाई दिने निर्णय गरेको थियो ।
यस्तै प्रतीक प्रकाशन समूहको वार्षिकोत्सव समारोहमा प्रतीक दैनिकको उत्कृष्ट संवाददाताका रूपमा प्रमोद यादवलाई पनि नगद १५ हजार रुपियाँँसहित सम्मानित गरिएको छ । यादव, मधेस खबरका पनि पर्सा जिल्ला संवाददाता हुन् । यस्तै उत्कृष्ट स्तम्भकारका रूपमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष समेत रहेका ओमप्रकाश खनाललाई नगद १० हजार र स्व. चिरञ्जीवी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट युवा पत्रकार सूर्यनारायण विकलाई नगद १५ हजार रुपियाँँसहित सम्मानित गरिएको छ ।
कार्यक्रममा प्रतीक दैनिकका कर्मचारी श्यामजी प्रसाद गुप्तालाई पनि नगद ५ हजार रुपियाँँसहित पुरस्कृत गरिएको प्रतीक दैनिकका उपसम्पादक आरके पटेलले जानकारी दिए । यस्तै स्तम्भकार अनन्तलाल दासलाई पनि दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
प्रतीक प्रकाशन समूहकी अध्यक्ष विन्दु शर्माको अध्यक्षता तथा वीरगंज महानगरका प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश शर्मा, स्व. सुबोध सिंहका दाजु सुदर्शन सिंह, मधेस विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, पर्सा वार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी, शिक्षाविद् राजेन्द्र प्रसाद कोइराला, श्याम पोख्रेल लगायताको पनि उपस्थिति थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

२०४७ को संविधान पुनरस्थापनाको विकल्प छैन– चन्द

रौतहट, १ भदौ । राष्ट्रिय नागरिक संघर्ष समितिका केन्द्रीय प्रवक्ता हिरा बहादुर चन्दले मुलुकलाई निकास दिन संविधान २०४७ पुनरस्थापना...

सम्बन्धित खबर

- Advertisement -neelambads