search

spot_img
spot_img

छोटी भन्सारको समस्या १५ दिनमा समाधान गर्न प्रजिअ अधिकारीको निर्देशन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, २ भदौ । बाराको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मटीअर्वा छोटी भन्सारको समस्याहरू १५ दिन भित्र सम्ममा समाधान गर्ने निर्देशन दिनुभएको छ ।
सोमवार सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाको आयोजनामा कलैया उपमहानगरपालिका–१० मा भएको सीमा सहजीकरण बैठकमा प्रमुख जिल्ला अधिकारी अधिकारीले सीमा सुरक्षा संवेदनशील विषय भएकाले सबै निकायले जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए। उनले सीमा नाकामा हुने अवैध गतिविधि रोक्न सिसिटिभी जडान, चेकपोष्ट स्थापना र भन्सार निगरानीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
वडाध्यक्ष साबिर मियाँको अध्यक्षतामा बसेको बैठकमा सीमा सुरक्षासम्बन्धी चुनौती, नाकाको व्यवस्थापन र समग्र पूर्वाधार विकासवारे सरोकारवालासँग राय–सुझाव सङ्कलन गरिएको थियो ।
बैठकले सीमामा देखिएका समस्या समाधानका लागि स्थायी पोस्ट स्थापना, सवारीसाधन नियमन, भन्सारको नियमित अनुगमन र छड्के निरीक्षणलाई कडाइ गर्ने निर्णय गरेको छ। अवाञ्छित गतिविधि नियन्त्रणका लागि सिसिटिभी जडान र पक्की ब्यारियर निर्माण गर्ने विषयमा पनि सहमति बनेको सशस्त्र प्रहरी बल नेपाल १२ नं. गणका गणपति प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिए। नगरप्रमुख विनोद साहले सडक मर्मत, सरसफाइ, पार्किङ व्यवस्थापन, वृक्षारोपण तथा सूचना बोर्ड स्थापना लगायतका कामलाई नगरपालिका प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले पक्की ब्यारियर र सूचना पाटी निर्माणमा पनि नगरपालिकाले सशस्त्र प्रहरीसँग सहकार्य गर्ने बताए। स्थानीय बासिन्दाले सिमानाकामा रहेका मदिरा पसल टाढा सार्न माग गरेका छन। होटल र मदिरा पसलका कारण चोरी, तस्करी तथा आपराधिक गतिविधि बढ्ने जोखिम रहेकाले तत्काल नियन्त्रण गर्न आवश्यक रहेको स्थानीयले बताएका छन। सीमा सहजीकरण बैठकमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला, सशस्त्र प्रहरी नायब उपरीक्षक सुधिर खतिवडा लगायत स्थानीय सरोकारवालाको उपस्थिति थियो।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

उत्कृष्ट इमानदारिता पुरस्कार सशस्त्र प्रनाउ सुब्बालाई प्रदान

वीरगंज, २ भदौं । वीरगंज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा स्थापना गरेको उत्कृष्ट इमान्दारिता...

सम्बन्धित खबर

- Advertisement -neelambads