search

spot_img
spot_img

जीतपुरका पुराना पत्रकार गम्भीरा सहनीलाई गम्भीर स्वास्थ्य समस्या, आइसियुमा उपचार हुँदै

पढ्न छुटाउनुभयो ?

बारा, ५ जेठ, २०८० ।
जीतपुरसिमरा उपमहानगरपालिका–७ का पुराना एवं प्रतीक दैनिकका बारा विशेष संवाददातासमेत रहेका पत्रकार गम्भीरा सहनी अस्वस्थ भएपछि अस्पतालमा भर्ना भएका छन् । बिहीवार उनको स्वास्थ्यमा समस्या भएपछि कलैया जाने रोडस्थित एसएल न्यूरो अस्पतालमा उनी भर्ना भएका हुन् । उनको अस्पतालको आइसियुमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ ।
उनका छोरा ऋषि सहनीका अनुसार बुबाको एकातर्फको शरीर नचल्ने भएको, बोल्न पनि नसक्ने, अचेत अवस्थामा रहेको बताएका छन् । घरको आर्थिक अवस्था पनि कमजोर भएकोले बुबाको उपचारमा थुप्रै रकम खर्च भइसकेको र फेरि हुने भएकोले सहयोग गरिदिन उनका छोरा ऋषिले आग्रह गरेका छन् ।
जानकारी तथा सहयोगको लागि ९८४५०३८६८१ मा सम्पर्क गरिदिन ऋषिले आग्रह गरेका छन् ।
पत्नीको मृत्युपछि अस्वस्थ हुँदै आएका गम्भीरा सहनी हालै नेपाल सरकारबाट राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९ बाट पुरस्कृत भएका थिए ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads