search

spot_img
spot_img

गोविन्दा र सुनिताबिच सम्बन्ध विच्छेद भएकै हो र ?

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज ७, भदौ । बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाबीचको ३८ वर्षको वैवाहिक सम्बन्ध अन्त्य हुन लागेको खबर बाहिर आएको छ ।

सुनिताले मुम्बईको बान्द्रा पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको लागि निवेदन दिएकी भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

गोविन्दा या उनकी श्रीमती सुनिताबाट अहिलेसम्म यसबारे कुनै आधिकारिक बयान आएको छैन । न त उनको नजिकका कसैले यसबारे मौनता तोडेका छन् ।

केही महिनाअघि यी दुईबिच सम्बन्ध विच्छेदको हल्ला पनि भाइरल भएको थियो । तर, त्यस समयमा सुनिता आहुजाले सार्वजनिक बयान जारी गर्दै गोविन्द र आफूलाई कसैले पनि अलग गर्न नसक्ने बताएकी थिइन् ।

सम्बन्ध विच्छेदको हल्लाका बिचमा सुनिता आहुजाको एउटा भिडियो पनि भाइरल भइरहेको छ । यसमा सुनिताले गोविन्दलाई आफूले जस्तो माया अरू कसैले गर्न सक्दैन भनेकी छिन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि, यो अन्तर्वार्ता पुरानो जस्तो देखिन्छ । सुनिताले हालै आफ्नै युट्युब च्यानल पनि सुरु गरेकी छिन् । उनी आफ्नो पहिलो भ्लगमा भावुक देखिएकी थिइन् ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

हैजा नियन्त्रणका लागि महानगर प्रमुख सिंह सक्रिय

वीरगंज, ७ भदौ । वीरगंजमा फैलिएको हैजाको प्रकोप रोकथाम र नियन्त्रणका लागि महानगरपालिका तिब्र गतिमा काम गरिरहेको छ। यस...

सम्बन्धित खबर

- Advertisement -neelambads