search

spot_img
spot_img

झाडापखालाका कारण दुईजनाको मृत्यु, शैक्षिक संस्था दुई दिन बन्द, चाट–पुचका, चटपटे बिक्रीमा प्रतिबन्ध

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ भदौ ।

पर्सामा झाडापखालाका कारण दुईजनाको मृत्यु भएको छ ।

पर्सा जिल्लाको पोखरिया नगरपालिका–९ शिवबर्वाका एकजना महिला र वीरगंज महानगरपालिका–१२ मुर्लीका एकजना पुरुषको झाडापखालाबाट मृत्यु भएको चिकित्सकले पुष्टि गरेका छन्।

त्यसैगरी वीरगंजमा फैलिएको हैजाका कारण दुई दर्जनभन्दा बढी सिकिस्त बिरामी परेका छन् भने दुई सयभन्दा बढीमा झाडापखालाको संक्रमण फैलिएको छ । उनीहरुको वीरगंजका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

हैजाको संक्रमण समुदाय स्तरमा फैलिएपछि वीरगंज महानगरपालिकाले अस्पतालका प्रमुखहरुसँग छलफल गरी एउटा ठोस नीति बनाएर २४ वटा टीम गठन गरेको छ । सो टीमले जनसमुदायमा पुगेर सचेतना फैलाउने, बिरामीहरुको उपचार गर्ने र हैजा नियन्त्रणको लागि प्रभावकारी योजना बनाउन जिम्मेवारी दिइएको छ ।

शुक्रवार वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली नयाँ टोलका बासिन्दामा हैजा संक्रमण देखिएको र  शनिवारसम्म वडा नं. ११, १३ र १६ सम्म हैजा फैलिएको वीरगंज महानगरपालिकाले जनाएको छ ।

यसैबीच हैजालाई मध्यनजर राख्दै वीरगंजको सम्पूर्ण शैक्षिक संस्थाहरु दुई दिनको लागि बन्द गरिएको छ । भदौ ८ र ९ गते वीरगंजका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ ।

त्यस्तै वीरगंज महानगरपालिकामा खुला रुपमा ठेलामा बिक्री हुने चाट, चाउमिन, पुचका, चटपटे, आइसक्रिम लगायतको खाजा पसलहरु पूर्ण रुपमा बिक्री वितरणमा निषेध लगाएको महानगरपालिकाले जनाएको छ ।

वीरगंजमा हैजा फैलिनुको कारण चाट,चाउमिन र पुचका र आइसक्रिम पसल पनि हुनसक्ने भन्दै आज महानगरपालिकाको बैठकमा केही वडाध्यक्ष्Fहरुले कुरा उठाएका थिए । त्यसपछि ठेलामा बिक्री हुने यस्ता पसलहरु पूर्णरुपमा बिक्रीमा बन्देज लगाइएको हो ।

हैजा संक्रमितको अवस्थामा बुझ्न नगरप्रमुख सिंह अस्पतालमा वीरगंजमा हैजाको संक्रमण समुदायमा फैलिएपछि महानगर प्रमुख आदरणीय दाई राजेशमान सिंह नारायणी अस्पताल पुगेका छन् ।

उनले हैजाका बिरामीहरूसँग प्रत्यक्ष भेटेर मनोबल बढाएका छन् । अस्पतालका मेशु र चिकित्सकहरूसँग समन्वय गर्दै तत्काल आवश्यक कदम चाल्न र थप बेड र उपचारका सुविधाहरू उपलब्ध गराउन निर्देशन दिएका छन् ।

हैजाजस्तो चुनौतीपूर्ण महामारी रोकथाम र नियन्त्रणमा सबै पक्षलाई एकजुट गरेर अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको उनले बताए ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रदिप गिरीको स्मृति अहिले पनि जनजनमा छ–गगन थापा

वीरगंज, ७ भदौ/ नेपाली काङग्रेसका नेता स्वर्गीय प्रदिप गिरी अहिले पनि सम्पूर्ण नेपालीको मन र मुटुमा रहेको वक्ताहरूले बताएका...

सम्बन्धित खबर

- Advertisement -neelambads