वीरगंज, ७ भदौ ।
नेशनल इन्फोटेक कलेजले बारा जिल्ला क्रिकेट संघलाई प्रायोजन गरेको छ ।
शुक्रवार गण्डकस्थित क्लर्क रिसोर्टमा एक समारोहबीच प्रायोजन सम्झौता भएको हो ।
सम्झौतामा नेशनल इनफोटेक कलेजका निर्देशक मनिष सिंह र बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसियाले हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार कलेजले बारा जिल्ला क्रिकेट संघलाई आवश्यक जर्सी, खेल सामाग्री तथा आर्थिक सहयोग गर्नेछ । साथै बाराका खेलाडीहरूले एनआईको लोगो अंकित पोशाक प्रयोग गर्नेछन् । उक्त सम्झौता हाल एक वर्षका लागि हुने जनाइएको छ। कार्यक्रममा नेपाली क्रिकेटका पूर्वकप्तानद्वय पवन अग्रवाल र विनोद दास, मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठलगायतको सहभागिता थियो ।