search

वीरगञ्ज नाकाबाट ६८ अर्ब बराबरका वस्तु आयात

पढ्न छुटाउनुभयो ?

वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट ६८ अर्ब १७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन् ।

जुन गत आवको सोही वर्षको तुलनामा आठ अर्ब ११ करोड रुपैयाँ बढी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आव २०८१/८२ को साउनमा ६० अर्ब ६ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो ।

चालु आर्थिक वर्षको साउनमा वीरगञ्ज नाकाबाट हुने निर्यात बढेको छ । चालु आवको साउनमा आठ अर्ब ४५ करोड रुपैयाँको सामान विभिन्न मुलुकमा निर्यात भएको छ । गत आवको साउनमा तीन अर्ब पाँच करोडको मात्रै सामान निर्यात भएको थियो ।

 

कार्यालयका अनुसार साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आव २०८१/८२ को साउनमा १५ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads