search

spot_img
spot_img

शिक्षा सम्बन्धी विधेयकको विरोधमा भदौ ९ गतेदेखि आन्दोलन सशक्त बनाउने चेतावनी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ भदौ । सरकारले ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकविरूद्ध वीरगंजका निजी विद्यालय सञ्चालकहरूले शुक्रवार स्कुल बसहरूमा कालो झन्डा राखेर विरोध प्रदर्शन गरेका छन् । विरोधका क्रममा उनीहरूले माग पूरा नभए आगामी भदौ ९ गतेदेखि विद्यालय बन्द गरेर आन्दोलनलाई थप चर्काउने चेतावनी दिएका छन्। प्याब्सन, एनप्याब्सन, हिसान र अपेनको संयुक्त आव्हानमा गण्डकचोकबाट शुरू भएको विरोध कार्यक्रम वीरगंजको विभिन्न भाग हुँदै घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीहरूले “निजी विद्यालय एकता जिन्दाबाद,” “गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता,” “निजी विद्यालय मारा विधेयक खारेज गर” लगायतका नारा लगाएका थिए । कोणसभामा प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले निजी विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको व्यवस्थाप्रति आपत्ति जनाए। उनले निजी विद्यालयमा ६ खर्बभन्दा बढी लगानी भइसकेको र यदि सरकारले त्यसको मुआब्जा दिन्छ भने विद्यालय सरकारलाई हस्तान्तरण गर्न तयार रहेको बताए । विरोध कार्यक्रममा निजी विद्यालय सञ्चालकहरूले विधेयकमा रहेका पाँच प्रावधान तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका छन। निजी विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको व्यवस्था, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउनुपर्ने व्यवस्था र कम्पनी ऐनअनुसार दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउने, छात्रवृत्ति वितरणको अधिकार विद्यालयमै रहनुपर्ने, ४५ प्रतिशत आरक्षण छात्रवृत्ति र सामुदायिक विद्यालयमा मात्र अध्ययन गरेका विद्यार्थीलाई उच्च शिक्षा र सिटीईभीटी कार्यक्रममा प्रवेश दिने व्यवस्था खारेज गर्नुपर्ने माग राखिएको छ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

प्रदिप गिरीको स्मृति अहिले पनि जनजनमा छ–गगन थापा

वीरगंज, ७ भदौ/ नेपाली काङग्रेसका नेता स्वर्गीय प्रदिप गिरी अहिले पनि सम्पूर्ण नेपालीको मन र मुटुमा रहेको वक्ताहरूले बताएका...

सम्बन्धित खबर

- Advertisement -neelambads