search

हैजा नियन्त्रणमा संवेदनशील छौं–खानेपानीमन्त्री यादव

हैजा रोगीहरूको अवस्था बुझ्न मन्त्री यादव वीरगञ्जका विभिन्न अस्पतालमा

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ भदौ । खानेपानीमन्त्री प्रदीप यादव हैजाका बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि वीरगञ्जका विभिन्न अस्पतालमा पुग्नु भएको छ ।

आज वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेसँगै यहाँको नारायणी अस्पताल, तराई हॉस्पिटल, वीरगञ्ज हेल्थ केयर लगायतका विभिन्न अस्पतालहरुमा उपचाररत हैजाका बिरामीहरूको अवस्था, खानेपानीको स्रोत, सरसफाइ, तथा ढल व्यवस्थापनको वास्तविक अवस्थाका बारेमा प्रत्यक्षरूपमा जानकारी लिएको मन्त्री यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज म वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षणमा पुगेको छु । हैजा नियन्त्रणका लागि सरकारले अत्यधिक संवेदनशीलता देखाइरहेको छ ।”

यसैगरी मन्त्री यादवले आफ्नो विशेष निर्देशनमा, अहिले हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी शुद्धिकरणका लागि ‘पियुष’ लगायतका आवश्यक सामग्रीहरू सहितको मोबाइल टोली परिचालन गरिएको र उक्त टोलीले पानीको परीक्षण कार्य तीव्र रुपमा अघि बढाइरहेको बताउनुभयो ।

मन्त्री यादले स्थानीय अधिकारीहरूसँग समन्वय गर्दै हैजा नियन्त्रणका लागि आवश्यक तत्कालीन तथा दीर्घकालीन उपायहरू कार्यान्वयन गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको समेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “हैजा नियन्त्रणका लागि हामी शंबेदनसील छौँ । हामी सबैको सहयोग, सतर्कता र सचेतनाबाट यो समस्या चाँडै नियन्त्रणमा आउने मैले विश्वास लिएको छु ।”

मन्त्री यादवले उमालेर मात्र पानी पिउन, साबुन पानीले हातधुन, खानेकुरा राम्रोसँग पकाएर मात्र खान सबै समुदायलाई आग्रह समेत गर्नु भएको छ ।

Facebook Comments Box

ताजा खबर

पूर्वमन्त्री तथा नेपाली काँग्रेस नेता मोहम्मद अफताब आलमको निधन

*वीरगंज , कार्तिक - २२* नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको आज बिहान काठमाडौं मेडिकल कलेज...

सम्बन्धित खबर

- Advertisement -neelambads