काठमाडौँ, ७ भदौ: पर्साको वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि टोली परिचालन गरिएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आवश्यक सामग्रीसहित मोबाइल भ्यान टोली खटाइएको विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खानेपनी मन्त्रीज्यूको निर्देशनपश्चात् विभागबाट आवश्यक सामग्रीसहित प्राविधिक टोली प्रभावित क्षेत्रमा पठाएका छौँ । टोलीले पानी परीक्षण र जनचेतनामूलक कार्य सुरु गरिसकेको छ।”
वीरगञ्जमा शुक्रबार तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो ।
हैजा नियन्त्रणका लागि सरकार संवेदनशील छ
यसैगरी खानेपानीमन्त्री प्रदीप यादव पनि हैजा प्रभावित क्षेत्रमा पुग्नु भई त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ । त्यस क्रममा उहाँले हैजा नियन्त्रणका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा पुगेपछि मन्त्री यादवले भन्नुभयो, “हामी हैजा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय, स्थानीय तह तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरेर काम गरिरहेका छौँ । सरकार यस विषयमा निकै गम्भीर छ ।”
मन्त्री यादवले हैजा प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिनुभयो ।
उहाँले वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षणसँगै त्यहाँको नारायणी अस्पताल, तराई हस्पिटल, वीरगञ्ज हेल्थ केयरलगायत अस्पतालमा उपचाररत सङ्क्रमित बिरामीहरूको अवस्थाबारे जानकारी लिनुभएको थियो । पर्साको वीरगंजमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ ।
मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको निर्देशनपछि उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डा विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगन्ज पठाइएको हो ।
मलेसिया भ्रमणमा रहनुभएका मुख्यमन्त्री सतिशकुमार सिंहसँगको समन्वयमा सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव उपाय अवलम्बन गर्ने र त्यसका लागि प्रदेश स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयहरूलाई सक्रिय बनाइएको मुख्यमन्त्रीको सचिवालले जनाएको छ ।
यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिनुभएको छ । उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको र वीरगञ्ज खटाइएको टोलीले आवश्यक सुझाव दिएपछि थप कार्य अगाडि बढाइने उहाँले बताउनुभएको छ । रासस

Facebook Comments Box