search

spot_img
spot_img

ईमान्दार भएर काम गर्छु– प्रजिअ सुवेदी

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० भदौ ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले ईमान्दार भएर काम गर्ने बताएका छन् ।

पर्सामा भर्खरै सरुवा भएर आएका प्रजिअ सुवेदीले पत्रकारहरुसंगको भेटघाटमा यस्तो बताएका हुन् । मंगलबार अपरान्ह ४ बजे जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन् । सञ्चारकर्मीहरुको विभिन्न क्षेत्रको गुनासो सुन्दै उनले कार्यालय भित्र र बाहिरको हरेक सेवा प्रवाहमा गम्भीर भएर लाग्ने समेत बताए ।

‘आफनो कार्यकालमा पर्साको शान्ति सुरक्षा र अमनचयनमा कुनै सम्झौता नगर्ने समेत बताए । एकै पल्ट धेरै समस्या समाधान गर्छु भन्दा उक्त कुरा सही नहोला,तर मैले गर्नेछु भन्ने कुरा समयले बताउने छ,’उनले भने,‘शान्ति सुरक्षासंगै अहिलेको हैजा महामारीलाई नियन्त्रण र सहकार्य समन्वय नै अहिलेको मुख्य एजेन्डा समेत रहेको छ ।’ अहिले सबै मिलेर वीरगंजलाई बचाउनु मुख्य जिम्मेवारी भएकोले जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य संकट व्यवस्थापन केन्द्र पहिले यी प्राथमिकताको विषयमा लागेर खटेको बताए ।

साथै,उनले पर्साका अन्य पालिका र सरकारी कार्यालयहरुको विकृति विसंगति न्युनिकरणमा समेत आफनो पहलकदमी रहने उनले बताए । अन्य सवारी कर,कबाडी कर,तस्करी,राजस्व चुहावटलगायतको विषयमा आफु निर्मम भएर लाग्ने समेत उनले बताए ।

पत्रकार भेटघाटमा पर्साका सप्रजिअद्वय सुमनकुमार कार्की,बाबुलाल रेग्मी,नेपाल पत्रकार महासंघका लेखा समिति संयोजक केसी लामिछाने, पत्रकार महासंघ मधेशका अध्यक्ष श्याम बन्जारा,महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललगायत सञ्चारकर्मीहरुको सहभागिता थियो ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मुखियाले बन्दुक देखाएर अपहरण गरे–शिक्षक यादव

वीरगंज, १० भदौ । बारा,प्रसौनी गाउँपालिका वडा नं ६ बेलहियाका वडा अध्यक्ष वृजकिशोर कुशवाहाले बन्दुख देखाएर अपहरणग गरी कुटपिट...

सम्बन्धित खबर

- Advertisement -neelambads