search

मुखियाले बन्दुक देखाएर अपहरण गरे–शिक्षक यादव

पढ्न छुटाउनुभयो ?

वीरगंज, १० भदौ । बारा,प्रसौनी गाउँपालिका वडा नं ६ बेलहियाका वडा अध्यक्ष वृजकिशोर कुशवाहाले बन्दुख देखाएर अपहरणग गरी कुटपिट गरेको कुटपिटमा परेका शिक्षकले आरोप लगाएका छन् ।

पर्सा,बहुदरमाई नपा–३ पदमौल घर भई हाल प्रसौनी–६ बेलहिया ससुराको घरमा बस्दै आएका शिक्षक नागेश्वर यादवले यस्तो आरोप लगाएका हुन् । कलैया उपमहानगरपालिका वडा नं ३ मा स्मार्ट कोचिङ सेन्टर सञ्चालन गर्दै आएका शिक्षक यादवलाई शरीर बन्धक बनाएर कुटपिट गरी आज समाजिक सञ्जालमा सार्वजनिक भएपछि वडा अध्यक्षको चौतर्फी आलोचना भइरहेको छ । नेकपा माओवादी केन्द्रबाट गत २०७९ सालको चुनाव जितेका वडा अध्यक्षलाई शिक्षकलाई कुटपिट गरेको घटना सञ्चार माध्यममा उजागर भएपछि कारवाही समेत गरेको छ । मधेशप्रदेशका इन्चार्ज मातृका यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उनले पार्टीको आचरण विपरित कार्य गरेको भन्दै ६ महिना निलम्बन गरेको छ ।

शिक्षक कुटपिटको घटना गत साउन २८गते राति ७ बजेको हो । शिक्षक यादव भलुही चोकको एक जना सार्थीको फोटोकापी पसलमा फोटोकापी गराईरहेको अवस्थामा घरायसी रिसइबीको कारण वडा अध्यक्षका केही व्यक्तिले उनलाई जबरजस्ती अपहरण गरी वडा कार्यालयमा पु-याएका थिए । वडा कार्यालयमा पहिलेदेखि दारुपानी गरी बस्दै आएपछि वडा अध्यक्षले बन्दुक देखाएर आफुलाई आफनो कार्यकक्षमा प्रवेश गराएको समेत शिक्षक यादवको आरोप छ । पहिले आफु जान नमानेपछि उनले त्यस्तो हर्कत गर्दै भित्र लगेको उनले स्पष्ट पारे । वीरगंजको एक अस्पतालमा उपचारत शिक्षक यादवलाई अपहरण गरी वडा कार्यालयमा लगेर हात बाधेर अर्धनग्न बनाई कुटपिट गरिएको थियो । राति साढे ९ बजे बेलहियाका राजेश मण्डलले उनलाई मोटरसाइकलमा लगेर ससुरा नन्दलाल यादवको घर अगाडि छोडेर भागेका थिए ।

साउन २९ गते विहान निजको परिवारजनले जोहेरी दिदाँ भदौ २ गते वडा अध्यक्ष कुशवाहालाई बारा प्रहरीले पक्राउ गरी थप अुनसन्धान गरिरहेको छ । बाराका प्रहरी उपरीक्षक सन्तोष तमाङले यस विषयमा गम्भीर प्रकृतिको घटना भएकोले सुक्षम अनुसन्धान अघि बढाएको बताए । उनले आरोपीलाई नियन्त्रणमा पनि रहेको बताए ।

Facebook Comments Box

ताजा खबर

सीमा सुरक्षा गस्तीको क्रम कटुवा पेस्तोलसहित दुईजना पक्राउ

वीरगंज, १९ कात्तिक। सशस्त्र प्रहरी बल नेपाल पर्साले कटुवा पेस्तोल सहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। बुधवार १२ः३० बजेको समयमा...

सम्बन्धित खबर

- Advertisement -neelambads