बीरगन्ज, ११ भदौ । बीरगञ्जस्थित प्याब्सन पर्सा सदस्य विद्यालय गौतम स्कुलकी स्वरा झा र नेशनल इन्फोटेक कलेजकी सारा श्रेष्ठ प्रतिष्ठित ‘माइक अप’ अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिताको सेमिफाइनल चरणमा प्रतिस्पर्धा गर्न बुधबार थाइल्यान्डमा उडेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्याब्सन पर्साका जिल्ला कार्यसमिति सदस्य सुशील केसीले दुवै छात्रालाई सफलताको शुभकामना दिदैं खादा ओढाएर बिदाई गरेका छन् । छात्रासँगै गौतम स्कूलका शिक्षक एल्बिन रेन्जरलाई पनि केसीले खादा ओढाएर बिदाई गरे । बिदाई गदैै उनले यस किसिमको अन्र्तराष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्वमा गर्ने अवसर पाउनु सुखद र गर्वको कुरा भएको बताउदैं अझ पर्सा जिल्लाको समेत नाम दुवै छात्राले उच्च बनाएको भन्दै खुशी व्यक्त गरे । नेपालमा भएको प्रारम्भिक चरणको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दुई छात्राहरूले आगामी भदौ ११ गतेदेखि १५ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने सेमिफाईनल चरणमा प्रतिस्पर्धा गर्दैछन् । बीरगन्ज महानगरपालिका–३ निवासी राजबहादुर श्रेष्ठ र सिता थापा श्रेष्ठकी छोरी सारा श्रेष्ठ नेशनल इन्फोटेक कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् । उनले सिनियर विधामा छनौट भएर सेमीफाइनलमा स्थान बनाएकी छन् । यसैगरी, वीरगञ्ज महानगरपालिका–१२ निवासी रविन्द्र झा र अनामिका झाकी छोरी स्वरा झा गौतम स्कुलको कक्षा ९ मा अध्ययनरत छिन् । जुनियर विधामा छनौट भएकी स्वरा पनि पढाइसँगै वक्तृत्वकलामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् । सेमीफाइनलमा उत्कृष्ट प्रदर्शन गरेमा उनीहरूले चीनमा हुने फाइनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।
Facebook Comments Box