रूबी हत्या प्रकरणः घाइते पासवानको उपचारका क्रममा मृत्यु

रौतहट, ११ भदौ । रूबी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको बुधवार साँझ मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

बुधवार बिहान पासवान उनको घर नजिकै गम्भीर घाइते अवस्थामा फेला परेका थिए । अनुहार र शरीरको ठूलो भाग जलेका पासवानलाई प्रारम्भिक उपचारपछि गरूडास्थित बेटर अस्पतालमा भर्ना गरिएको थियो ।

पासवानले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । अनुहार र शरीरको ठूलो भाग जलेर गम्भीर घाइते भएका पासवानको उपचारका क्रममा कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले पुष्टि गरेको छ।

सम्बन्धित पोस्टहरुः