वीरगंज युवा समाजद्वारा २१ गते रक्तदान कार्यक्रम गर्ने

1200x150_1200x150-01.jpg (1)
वीरगंज १४ भदौ । वीरगंज युवा समाजले भदौ २१ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव भएपछि शनिवार बसेको समाजको बैठकले रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।
वीरगंज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा सम्पन्न बैठकले होटल मकालुको सभाहलमा भदौ २१ गते शनिवार बिहान ७ बजे देखि दिउँसो १ बजेसम्म सदस्य विवेक बेरिवालको संयोजकत्वमा रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।
अध्यक्ष थापाले रक्तदान भनेको दिनेलाइ केही घाटा हुदैन र लिने लाई त कति फाईदा कति फाईदा मात्र हुने हैन की जीवन नै बाच्ने भएकोले र रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव भएकोले वीरगंजको नारायणी अस्पताल लगायत विभिन्न अस्पतालहरूमा उपचाररत बिरामिहरूको उपचारमा निकै समस्या आइरहेको खबर प्राप्त भएकोले रक्तदान कार्यक्रममा रक्तदान गर्न गराउन सबैले हातेमालो गरि मानवता बलियो बनाउन आव्हान  गरेका छन ।
बैठकमा समाजका उपाध्यक्ष सुभद्रा राणा, सदस्यहरू पुर्ण बहादुर गुरूङ, सुशील श्रेष्ठ, लालबाबु सिंह, सृष्टि बिस्ट, बिनोद धिमाल, मौसमी सुनुवार राणा, सुदेश लाखे, बिक्रान्त खनाल, विवेक  बेरिवाल, उमेश श्रेष्ठ, सुमन पौडेल, मनोज गुप्ता, अस्मिता थापा, सुशील सिंह, सैयाद अंसारी लगायतको सहभागीता थियो ।
बैठकमा सहभागीहरूले रक्तदानले कसैको जीवन बचाउन सकिने भएकोले यस्तो पवित्र कार्यमा सम्पूर्ण वीरगंजवासीलाई रक्तदान गर्न आग्रह गरिएको थियो ।
सम्बन्धित पोस्टहरुः