search

मधेश सरकारमा कांग्रेस सहभागी, कृष्ण र वीरेन्द्र बने मन्त्री

पढ्न छुटाउनुभयो ?

९ जेठ, जकपुरधाम । मधेश सरकारमा आज नेपाली कांग्रेस दुई मन्त्रालय लिएर सहभागी हुँदै छ ।

भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यादव मधेश प्रदेश कांग्रेसका सभापति छन् भने सिंह कोषाध्यक्ष हुन् ।

आज दिउँसो १ बजे आफू दईजनाको शपथ ग्रहणको कार्यक्रम राखिएको नवनियुक्त मन्त्री सिंहले बताए ।

उनका अनुसार कांग्रेस तत्काल २ मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ । र, पछि पुनः दुईवटा मन्त्रालय वा एक सभामुख र एक मन्त्री लिने कांग्रेसको तयारी छ ।

मधेश प्रदेशम अहिले एमालेबाट रामचन्द्र मण्डल सभामुख छन् । चार वटा मन्त्रालय कांग्रेसलाई नदिए सभामुखमा उसको दाबी छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads