search

शिक्षकहरूको आन्दोलन जारी, कक्षा कोठा बहिष्कार गर्ने कार्यक्रम

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ९ जेठ/

नेपाल शिक्षक महासङ्घ पर्साले आन्दोलनलाई जारी राखेको छ । वीरगंज महानगरपालिका अगाडि सम्पन्न दुई दिनको धर्ना कार्यक्रमको अन्तिम दिन मङ्गलवार थप दिनको सङ्घर्षको कार्यक्रम घोषणा गरिएको शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थ राज यादवले बताए । जेठ १० गते ६–७ घण्टी, जेठ ११ गते टिफिनपछिका सबै घण्टी, जेठ १२ गते हाजिर गरेर सबै घण्टी बहिष्कार गर्ने कार्यक्रम घोषणा गरेको उनले बताए । त्यसपछि पनि माग सम्बोधनको लागि सरोकारवालाको निकायले चासो नदिए भने जेठ १३ गते जिल्ला भरिको शिक्षक भेला गरि थप कार्यक्रम घोषणा गरिने तयारी रहेको बताए ।

 

शिक्षक महासङ्घले शिक्षा ऐन र नियमावली विपरित स्थानीय पालिकाले गैर कानुनी रूपमा शिक्षक सरूवा गर्न थालेको भन्दै त्यसको विरूद्धमा चरणबद्ध आन्दोलनमा छन् । वीरगंज महानगरका मावि र निमाविको प्रअको सरूवा पश्चात् महासङ्घ वीरगंज महानगरपालिकाको विरूद्धमा आक्रामक हिसाबले आन्दोलन जारी राखेको छ ।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads